नुवाकोट प्रहरी द्धारा अबैध लागुऔषध गाँजा फडानी


नुवाकोट, नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेशिगाँउ र दारेगौडामा चार रोपनी जग्गामा फैलिएको अबैध लागुऔषध गाँजा नुवाकोट प्रहरीले आज फडानी गरेको छ ।
विदुरको बेशिगाउँ र दारेगौडाको वरिपरी जङ्गल तथा बिभिन्न ब्यक्तिहरुको जग्गाजमिन र बारीहरुमा आफै प्राकृतिक रुपमा उम्रिएको गाँजाको नौ सय बोट प्रहरीले आज फडानी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक बिष्णुहरि फुयाँलले जानकारी दिनुभएको हो । प्रहरी निरीक्षक फुयाँलका अनुसार कोभिड–१९ संक्रमड जिल्लामा फैलिरहेको अवस्थामा मानिसहरुले आफनो स्वास्थ्यलाई बढी ख्याल राख्नु पर्ने अहिलेको समय परिस्थितमा मानिसहरुले गाँजा सेवन गरेभने स्वस्थ्यमा झनै ठुलो क्षेति ब्यहोरनु पर्ने जानकारी दिनुभएको छ । अबैध लागुऔषध गाँजाका बोटहरु गाउँघरतिरका जमिनहरुका बारी, आँगन तथा करेसामा हुर्किरहेका छन् । यस्तो अवस्थामा यसको सेवन भर्खरका युवा युवतिहरु र मानिसहरुले पनि गर्नसक्ने हुदा गाँजा फडानी गरी समुलायलाई लागुऔषधको सेवनलाई टाढा राखिएको उहाँले जानकारी दिनुभएको छ । प्रनि फुयाँल भन्नु हुन्छ “गाँजा हाम्रो गाउँका बस्तीहरुमा सजिलै पाउने एक लागुऔषध हो यसलाई हुर्कन नदिन प्रहरीको मात्र हैन समुदाय स्तरमानै सचेत भई फडानी गर्नुपर्ने हुन्छ । लागुऔषधको सेवन गरेर पछि आफना सन्तान र परिवारलाई यसको सेवन गर्न छुटाउनु भन्दा सेवन गर्ननै नदिुनु महत्व पुर्णभुमिका समुदायको समेत रहेको हन्छ” ।


सोमबार, भाद्र ८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार