विदेशवाट आएका नेपालीकाे बिजाेग


विदुर । सरकारले विदेशबाट उद्धार गरेर हिजो ल्याएको नागरिकहरुको जावलाखेलस्थित होडिङ सेन्टरमा कन्तविजोग भएको छ ।
हिजो साँझ ७ बजे त्रिभिवन अन्त्राष्ट्रिय विमानास्थलमा ओर्लिएकाहरुले अहिले विहान साढे ११ बजेसम्म केही खान पाएका छैनन् । राती देखिनै जावलाखेल स्थित एक होल्डिङ सेन्टरमा राखिएका उनीहरुलाई आफ्नै खर्चमा होटलको क्वारेन्टाइनमा बस्न दवाव दिइएको छ । उनीहरुले आफ्नो पालिकासंग समन्वय गरेर घर जान चाहि रहेका छन् । राती १२ बजे ६०÷७० जनालाई दुई जार पानीको दरले भाग लगाएर दिइएकोमा चप पिउने पानी समेत नआएका नुवाकोटको तादी गाउँपालिका वडा नं. २ का देवेन्द्र तामाङले जानकारी दिएका छन् । उनीहरुले खानाको माग गरिरहेका छन् । तर माथिको आदेश पर्खन भन्दै होल्डिङ सेन्टरको रेखदेख गरिरहेको सेनाले जवाफ दिएको छ ।

उनीहरुको उद्धार र व्यवस्थापनका लागि नुवाकोटका सांसद हितबहादुर तामाङ अहिले स्वास्थ्य मन्त्रिसंग छलफल गर्न मन्त्रालय गएका छन् । उनले तत्कालै यसको व्यवस्थापन गर्ने बताएका छन् । तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले आफ्नो नागरिककको कन्तविजोग सुन्दा दुःख लागेको र एम्बुलेन्स पठाएर उद्धार गर्न चाहेको सुनाएका छन् ।

अहिले जावलाखेलमा दुवई, कतारबाट आएका २६६ जना नेपालीलाई होल्ड गरि राखिएको छ । त्यसमा अहिलेसम्म नुवाकोटको पाँच जना रहेको विवरण प्राप्त भएको छ । जसमा विदुर नगरपालिका वडा नं. ५ का भोजबहादुर गजुरेल, तादी गाउँपालिका वडा नं. २ का देवेन्द्र तामाङ, किस्पाङ गाउँपालिका वडा नं. २ का शेरबहादुर तामाङ, ककनी गाउँपालिका वडा नं. २ का पदमबहादुर तामाङ र सुर्यगढी गाउँपालिका वडा नं. २ का दीपक नेपाली छन् ।


सोमबार, भाद्र ८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार