स्काभेटर आगजानी गरेको आशङ्कामा एक व्याक्ति पक्राउ



नुवाकोट, नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित बाराही बजारमा आज स्काभेटर आगजानी गरेको आसङकामा एकजनालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेत्रविक्रम चन्द बिप्लब समूहले पार्किङ गरी राखेको बा २ क २२६० नम्वरको स्काभेटर आगजानि गरेको आसङकामा बेलकोगढी नगरपालिका–१३ स्थित चिसापानीका ४८ बर्षिय राजाराम पाण्डेलाई अनुसन्धानको लागि पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक बिष्णरहरि फुयाँलले जानकारी दिनुभएको हो । प्रहरी निरीक्षक फुयाँलका अनुसार सोही ठाउँका राजेन्द्र तामाङले भाडामा लिगी सन्चालन गर्दै आईरहेको स्काभेटरलाई आज बिहान ५ बजेको समयमा अज्ञात समूहद्धारा आगजानी गरिएको उहाँले बताउनु भयो । स्काभेटर आगजानी भएको स्थानमा स्काभेटरको बकेटमा नेपाल कम्युनिष्ट पाटी लेखिएको पत्र समेत छाडीएको उहाँले जानकारी दिनुभएको छ । फुयाँल भन्नु हुन्छ “घटनामा को कस्को संलग्नता रहेको छ भन्ने सम्बन्मा भने प्रहरीले अनुसन्धान गरिरहेको छ । आगजानी भएको स्काभेटरको के कति क्षति भएको भन्ने बिषयमा स्काभेटर मेकानिक द्धारा जाचबुझ भईरहेको छ” ।
नुवाकोछ प्रहरीले पक्राउ परेका पाण्डेलाई घटनाको वारेमा अनुसन्धान अगाडी बढारहेको जानकारी दिएको छ ।


आईतवार, भाद्र ७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार