स्वास्थ्व रहन नागरिकहरु आफै सुरक्षा अपनाईरहेका छन्–सांसद नारायण प्रसाद खतिवडा


नुवाकोट -नुवाकाेट क्षेत्र नं २ का संघीय सांसद नारायण प्रसाद खतिवडाले काेभिड-१९ भाइरसकाे संक्रमणलाई नियन्त्रण तथा राेकथामका लागि नागरिकहरुले प्रशासनिक आदेश र नियमकाे पालना गर्दै सुरक्षीत रहेका छन्।

विज्ञ, स्थानीय प्रशासन, स्थानीय सरकार लगायतको सल्लाह, सुझाव, अनुरोध र आदेशलाई अपनाउदै व्यक्ति आफै संयमित भएको खण्डमा कोरोना भाइरस जस्तो महामारीलाई सजिलै जित्न सकिने सांसद खतिवडाले बताउनुभएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र तथा स्थानीय सरकारको बैठकले बर्तमान परिस्थितिलाई मनन गर्दै निर्णय गरे अनुसार बन्दाबन्दीको पालना गर्दै स्वास्थ्य सम्वन्धी सल्लाहलाई अनुसरण गर्न सबै नागरिकलाई उहाँले अपिल समेत गर्नुभएको छ ।
तत्कालको चुनौती भनेकै बाच्नु रहेको भन्दै सांसद खतिवडाले विकासात्मक देखि अन्य उन्नतीको कार्य जीवन रहे सम्भव रहेको समेत बताउनुभएको छ ।जिल्लावासीको लागि संवोधन गर्दै सार्वजनिक गरिएको अपिल पत्रमा संघीय सांसद खतिवडाले व्यक्तिव्यक्ति बिचको दुरी कायम गर्न र अनिवार्य रुपमा माक्सको प्रयोग गर्न सबै नागरिकलाई आग्रह गर्नुभएको छ । सङ्क्रमितका परिवार र छिमेकीलाई न्यूनतम दुरी कायम गरी आवस्यक सहयोग तथा हौसला प्रदान गर्नु मानवीय धर्म रहेको उहाँले बताउनुभएको छ ।
साथै बाहिरी जिल्लाबाट भित्रिएका नागरिकहरुलाई स्वास्थ्य मापदण्ड अनुसार सुरक्षित साथ छुट्टै बसिदिन समेत आग्रह गर्नुभएको छ ।


आईतवार, भाद्र ७ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार