नुवाकाेटमा एसपी काफ्लेकाे सरुवा,कार्की आउने


नुवाकाेट-प्रहरी प्रधान कार्यलयले नुवाकोटका एसपी अविनारायण काफ्लेकाे सरुवा गरेकाे छ।
एसपी काफ्ले अख्तियार दुरुपयाेग अनुसन्धानकाे केन्द्रीय कार्यलय प्रहरी महाशाखा टंगाल काठमाडौं सरुवा भएका छन् भने महानगरीय प्रहरी परिसर ललितपुरबाट तुलबहादुर कार्की जिल्ला आउने भएका छन्।
प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हाे। प्रहरी महाशाखामा सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो ।


बिहीबार, भाद्र ४ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार