नेपाली कांग्रेस परित्याग गरी सयौ संख्यामा नेता तथा कार्यकर्ता नेकपामा प्रवेश


रसुवा । नेपाली कांग्रेस,जनता समाजवादी लगायत विभिन्न पार्टी परित्याग गरी सयौ संख्यामा नेता तथा कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
सदरमुकाम धुञ्चेमा आज आयोजित नेकपा पार्टी प्रवेश कार्यक्रममा केन्द्र र जिल्ला नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति रसुवाका सदस्य लानाम घलेको नेतृत्वमा सयौ संख्यामा नेता तथा कार्यकर्ता नेकपामा प्रबेश गरेको स्रोतले बताए ।
सो कार्यक्रममा नेकपाको रसुवा जिल्ला अध्यक्ष कर्णेल तमाङ,प्रदेश सचिवालय सदस्य छवाङ तेञ्जेन तामाङ,गोसाइकुण्ड गाँउ पालिकाका अध्यक्ष कैसाङ तामाङ,नेकपा गोसाइकुण्ड गाउँपालिकाको इञ्चार्ज विजय लामा , आमाछोदिङमाको इञ्चार्ज पेम्बा तामाङ लगायतका नेताहरुको उपस्थिती रहेको हो । गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ६ वडा कमिटि अध्यक्ष धुञ्चेका लक्ष्मी छेवाङको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो ।


बुधबार, भाद्र ३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार