“भाइरस निस्क्याे” गित लिएर आइन्-सावित्री गिरी


“सेतिबाढीको अपाहार सफलता पछि फेरि अर्को मार्मिक गीत” भाइरस निस्क्यो” लिएर आइन् सावित्री गिरी” लामो समय देखी वैदेशिक रोजगारमा रहेकी गिरीले गीत सङीतलाई निरंतरता दिदै आएकी छन् ।
यसपटक भने आफ्नो वैदेशिक यात्रालाई बिट मारेर केहि महिना अधि नेपाल फर्केकी गिरी गीत सङ्गीत र साहित्यिक सिर्जनामा लागिपरेकी छन् । मिठा मिठा गीत सङ्गीतको सृजना गर्दै साङगितिक छेत्रमा छुट्टै पहिचान बनाउदै आएकी गिरीले यस बर्षको तीजमा भने यो विषम परिस्थितिलाई समेटेर “भाइरस निस्क्यो ” बोलको अत्यन्तै मार्मिक शव्दले भरिएको तीज गीत र राजाको चौतारा आदर्श आमा समुहको आयोजनामा अर्को मौलिक तीज गीत “छन् छन् काचको चुरा “बोलको लिएर आएकी छन् !

गिरीका यी दुबै तीज गीतले छोटो समयमा दर्शकको मन जित्न सफल भएका छन् भाइरस निस्क्यो गीतमा गिरीले समसमायिक विषयवस्तु लाई उजागर गरि गीत मार्फत सन्देश दिन खाेजेकि छन् ।विश्व काेभिड १९ काे सन्त्रासले ग्रस्त भएको वेलामा याे महामारीको निम्त्याएको बिपत्तिमा अपनाउन पर्ने सजकताको कुरा उठाउदै नियन्त्रणकाे सवालमा मिठाे लय र शब्द मार्फत चेतना मुलुक सन्देश दिएकी छन्। साथै हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीज काे अवसर पारि माैलिक तिजगित “छमछम काँचकाे चुरा”एक बिमोचन समारोह बिच बरिस्ठ लोक गायिका प्राज्ञ हरिदेबी कोइरालाको बहुली बाट सार्वजनिक गरेकी हुन् ।

लाेकगित,आधुनिकगित का साथै गजल सङ्ग्रह प्रकाशित गर्ने तयारी रहेकी गिरीका थुप्रै गीती एल्बमहरु वजारमा आएका छन।अल्झिए नजर,भयाे जे हुनु,मकैखायाे घुनले,काठमाडौं जादा,चाैबन्दी चाेली ,भुकम्प,सेतीबाढि,छाता ओझेल जस्ता गितहरु यस अघि सम्पूर्ण दर्शक श्रोताको मन जित्न सफल भएको बताउदै हालसालै सार्वजनिक भएका गीतले पनि उत्तिैकै माया पाउने आशा लिएको जानकारी गराउदै देश बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण ,दाजुभाई,दिदिवहिनिहरु लाई हरितलिका त्रेज २०७७ को शुभकामना व्यक्त गरेकी छन् !


बुधबार, भाद्र ३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार