बा-विदुर १ का वडा सदस्य रुपा थापाकाे कबिता


के थियो बा का ति सुस्केराहरुमा
जुन सुस्केराहले कालो बादल बनेर
बा का आखाहरु मडारिन्थ्यो
फेरि पनि किन बा का आखाहरु
ति काला बादलहरुसंग मडारिएर
वर्षिन सक्दैन थियो साउने झरी बनेर

बा का मुटुहरुलाइ ऐठन हुदा
किन बा का मुटुहरुले
ति ऐठनहरुलाइ बाड्न सक्दैन थियो
किन मेरो र बा को मुटु उस्तै भएर पनि
ऐठन भने बा को मुटुलाइ मात्र हुन्थ्यो

माघको त्यो झारिमा के बा को शरिरलाइ
चिसो लाग्दैन थियो र
यदि बा को शरिरलाइ पनि चिसो लाग्थ्यो भने
किन न्यानो ओढ्ने मेरो शरिरमा ल्याएर खापिदिन्थे

साच्चि बा का खुट्टाहरुमा त्यस्ता के थिए
सधै नया लाग्ने गर्थे बा लाइ
बा का उहि पुराना जुत्ताहरु

आजकाल मलाइ लाग्छ
बा हजारौ हजार किलोमिटर गुुडेर खिएपछि
थन्काइएका गाडिका रवरका पाङ्गाहरु हुन

कहिले काहि लाग्छ
बा रेडियोबाट एक्लै भुत्भुताइरहेका
त्यहि आवाजहरु हुन
जुन आजकाल मलाइ सुन्दा सुन्दा झर्केा लाग्छ

वर्षाको समएमा झरि भरि
साथ दिन्जेल ओढेको छाता
जव भाचियो कसैको हातबाट
त्यहि हातबाट छुटेर एक्लिएको छाता झै
लाग्छन आजकाल बा मलाइ

जीबन भर जोतिदा जोतिदा
अव ति काधहरुले हलो जुवा नार्न नसके पछि
त्यहि बूढो गोरु झै विवश भएर
मालिकको आखामा टुलु टुल हेरिरहेझै लाग्छ
बा का ति धमिलो आखाहरुले आजकाल मलाइ

कहिले काहि लाग्छ
बा कसैको ओठबाट बजेका
मुरलीका ति सुरिलो धुन हुन
तर आजकाल त्यो मुरलीबाट
सुरिलो धुन निस्कन छाडे पछि
त्यहि मुरली झै मिल्काइएका छन बा
र छुटेका छन आफ्नैका हातहरुबाट

बा का कलेजोहरु आजकाल मलाइ
चुरोटका ठुटाहरु निभाउदा निभाउदै
जलिसकेका त्यहि थोत्रो यस्ट्रे झै लाग्छ
अनि रस निचोरेर फालिएका
त्यहि कागती झै लाग्छ

जीन्दगीभर बोकेको भारिसंग आफैलाइ रित्याएर
सच्चि यति निरिह किन बन्छन बा
जसरि टाङा तान्न नसके पछि छाडिन्छ
बेवारिसे बनाइ त्यो बूढो घोडालाइ
कहिले काहि लाग्छ बा त्यहि बूढो घोडा हुन
जो आजकाल कसैको काम आउदैनन

बा त्यहि माझी हुन
जो सन्तानलाइ गन्तव्यमा पुरयाएर
आफु चाहि त्यहि किनारामा फर्किन्छन र
फेरि फेरि त्यहि डुङ्गा खियाइनै रहन्छन
तर डुङ्गा खियाउन नसकेपछि
आजकाल बा का हातहरु मलाइ
आफैसंग हार खाएर एक्लो भएको त्यहि बूढो माझी झै लाग्छ

आजकाल बा का पाइलाहरु मलाइ
बिस्तारै बिस्तारै आफ्नै घरको
मूल बाटो बाट हराउदै गएको
रहस्यमइ हिममानवका पाइला झै लाग्छ
जहा बा ले सधै सधै सम्झिेर खोजिरहे आफ्ना पाइलाहरुलाइ
तर बा का ति पाइलाहरुलाइ सम्झेर
फेरि फेरि फर्केर बा लाइ सोध्न आउने भने कोहि भएनन्


बुधबार, भाद्र ३ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार