नुवाकोटमा थप सात दिन निषेधाज्ञा


नुवाकोट- कोभिड-१९ संक्रमण समुदायमा फैलिएसंगै जिल्ला प्रशासन कार्यल नुवाकोटले आजवाट थप सात दिनकाेलागी निषेधाज्ञा जारीगरेकाे छ ।
नुवाकाेटकाे नगरपालिका र गाउँपालिकाका समुदायस्तरमा कोरोना संक्रमण बढीरहेकाे हुनाले यसकाे नियन्त्रण र राेकथामकाे लागि साउन २४ गतेदेखि भाद्र २ गतेसम्म १० दिनका लागी निषेधाज्ञा जारी गरेको थियो भने साेहि अवधिमा कोरोना संक्रमित बढेको र कन्ट्राक्ट ट्रेसिङको नतिजा नआईसकेको र संक्रमण फैलनसक्ने भन्दै प्रशासनले निषेधाज्ञालाई थप सात दिन भदौ ९ गतेसम्म लम्ब्याएको हो ।
प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकालका अनुसार थपिएको अवधिमा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरिएको छ । स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई निषेध गरिएको छ भने एम्बुलेन्स, सववाहन, दमकल पत्रकार लगायत अनुमती प्राप्त सवारी साधनलाई मात्र संचालनको अनुमति दिईएको जानकारी दिभएकाे छ ।
उहाँका अनुसार प्रशासनले थपिएको अवधिमा पनि वित्तीय संस्था, सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रदान हुने नियमित सेवा संचालनमा रोक लगाएको छ । (सरकारी कार्यालय र बैंकहरुले सम्पर्क ब्यक्ती तोकी अत्यावश्यक सेवामात्र प्रवाह गर्नसक्ने) प्रशासनको आदेशको बर्खिलाप भएगरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रजिअ ढकालले चेतावनी दिए ।


मंगलवार, भाद्र २ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार