बागमती प्रदेशसभाका उपसभामुखलाई कोरोना संक्रमण पुष्टि


नुवाकाेट-बागमती प्रदेशसभा उपसभामुख राधिका तामाङमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ । यस्तै उनका एक आफन्तमा पनि संक्रमण देखिएको बताइएको छ । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले संक्रमणको पुष्टि गर्दै तामाङ हेटौंडास्थित आफ्नै निवासमा सेल्फ आइसोलेशनमा रहेको बताए ।
कोरोना सङ्क्रमण पुष्टि भए पनि उनीमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् ।


सोमबार, भाद्र १ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार