नेकपा नेतृ विन्दा विकलाई क्यान्सर ,सहयाेगकाे अपिल


नुवाकाेट- नेकपा कि नेतृ जिल्ला कमिटि सदस्य विन्दा विकलाई प्राणघातक क्यान्सर राेग लागेकाे हँदा सहयाेगकाे अपिल व्यक्त गरेकी छिन् ।
नुवाकाेट जिल्ला पञ्चकन्या गाउँपालिका-५ मा स्थायि वसाेवास भएकि विक विगत लामाे समयदेखि क्यान्सर राेगवाट पिडित भएकि हुन। हाल उपचारकाे लागि भक्तपुर क्यान्सर अस्पतालकाे ३१३ न वेडमा उपचार गराईरहेकि विक काे उपचारमा आर्थिक समस्या देखिएकाे छाेरा सराेज विकले जानकारि दिनुभएकाे छ। आर्थिक रुपमा विपन्न परिवारमा रहेर पनि विक राजनितिक तथा समाजिक कार्यमा लागिरहने एक कुशल र ईमान्दार कार्यकरता हुनुहुन्थ्याे।
तत्कालिन युवासंघ जिल्ला कमिटि सचिवालयमा काम गर्नुभएकि विक भद्रुटार नेकपा एमालेकाे गाउँ कमिटि अध्यक्ष समेत हुनुहुन्थ्यो । सामाजिक र राजनितिक संगै सहकारि कि अभियान्ता समेत रहेकि विक अहिले आर्थिक अभावमा राेग संग लड्दै क्यान्सर अस्पतालमा मृत्यु संग पाैठेजाेरि खेल्दै हुनुहुन्छ। उहाँको जीवन रक्षा काे लागि केही आर्थिक सङ्कलन गर्ने उदेश्य ले नेकपा नेता तथा सामाजिक अभियान्ता रामनाथ खनाल ले आर्थिक सङ्लन अभियान चलाउदै सवैमा सहयाेग काे अपिल गर्नु भएकाे छ। विरामीका छाेरा सराेज विककाे नाममा रहेकाे ज्याेति विकास वैंक काे खाता न ०८९११३००२८४३१३०००००१ मा सहयाेग रकम जम्मा गर्न सकिने खनालले जानकारि दिनु भयाे। जिल्ला नेतृ विन्दा विक काे स्वास्थ्य लाभकाे कामना गर्दै श्रि स्वस्थानि मिडिया प्रालि (Ekikaran.com) अनलाईनकाे तर्फवाट रु ५०००/ सहयाेग गरिने अध्यक्ष उद्धव पनेरु ले वताउनु भयाे।


सोमबार, भाद्र १ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार