चितवनमा तीन चिकित्सकसहित २८ जनामा कोरोना पुष्टि


चितवन, साउन ३२ । चितवनको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीसहित तीन जना चिकित्सकलाई कोरोना संक्रमण भएको छ ।

आइबार विहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा अधिकारीले मेसुसहित प्रसूति विभागका प्रमुख डा सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन् ।

यसै बीच जिल्लामा एकै दिन २८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति १२ बजेसम्म गरिएको गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


आईतवार, श्रावण ३२ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार