माननीय खतिवडाकाे पिसिआार मेसिन खरिद र ल्याब संचालन गरी जनतालाई सुबिधा दिने सपना विदुरका मेयर पण्डितका पहलमा भयाे पुरा


नुवाकाेट- नुवाकाेटकाे विदुर नगरपालिकाले पिसिआर ल्याब परीक्षण मेसिन खरिदकाे लागि बाेलपत्र आव्हान गरि पक्रिया अगाडि बढाएकाे छ।
नुवाकोट क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य माननिय सासंद नारायण प्रसाद खतिवडाले त्रिशुली अस्पतालको लागी पिसिआर ल्याब परीक्षण मेसिन खरिद संन्चालनको लागी रु.७६ लाख रकम दिने प्रतिवद्धता व्यक्त गरेसंगै विदुर नगरपालिकाले पिसिआर ल्याब परीक्षण मेसिन खरिदकाे लागि पक्रिया आजैदेखि अगाडि बढाएकाे छ। यहि साउन-२२ गते नुवाकोट कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकाे (cmc) बैठकको निर्णअनुसार जिल्ला स्थित त्रिशुली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा संचालन गर्नका लागीे स्थानिय पूवार्धार साझेदारी कार्याक्रम अन्र्तगत माननिय खतिवडाले कोरोना परीक्षणको लागी पिसिआर मेसिन खरिद गर्न रु.७६ लाख बजेट छुटाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियाे। माननिय खतिवडाका अनुसार जिल्लामा कोरोना परीक्षणको लागी ढिला सुस्ती नहोस र सर्वसाधारणले चाडै परीक्षण भई उपचार पाउने छन् भन्ने उदेश्यले पिसिआर ल्याब मेसिन खरिद गर्नलाई बजेट दिने निर्णय गरेको उहाँले बताउनु बैढकमा बताउनु भएकाे थियाे ।
साेहि निर्णयकाे पालना गर्दै विदुर नगरपालिकाले तत्कालका लागि काेभिड-१९ संक्रमण नियन्त्रण तथा राेकथामका लागि पिसिआर ल्याब मेसिन खरिद प्रक्रिया अगाडि बढाईसकिएकाे हुँदा केही दिनमै मेसिन जिल्ला आईपुग्ने विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले जानकारी दिनुभएकाे हाे। मेयर पण्डित भन्नु हुन्छ ‘ नगरपालिकावाट पिसिआर मेसिन खरिद गर्न टेन्डर आव्हन आजै गरीसकेका छौ । पछि नगरपालिकाको रकमलाई स्थानिय पूवार्धार साझेदारी कार्याक्रम अन्र्तगत विदुर नगरपालिकालाई श्रोतभर्ना गरीनेछ’ ।


आईतवार, श्रावण ३२ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार