स्वास्थ्य मन्त्रालयले दिएकाे पाेर्टेवल भ्यान्टिलेटर प्रदेश सांसद पाण्डेले गरे- हस्तान्तरण


नुवाकाेट- नुवाकाेटकाे त्रिशुलि अस्पताललाई स्वास्थ्य मन्त्रालयले एकथान पाेर्टेवल भेन्टिलेटर प्रदान गरेकाे छ।काेभिड १९ महामारिमा चाैधरि ग्रुपले स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेकाे १० थान मध्य १ थान भ्यान्टिलेटर प्रदेश माननीय केशब पाण्डेकाे पहलमा स्वास्थ्य मन्त्रालयले त्रिशुलि अस्पताललाई दिएकाे हाे। अस्पतालका सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले प्राप्त उपकरण अस्पतालका लागि अति महत्वपुर्ण रहेकाे जनाउदै सवैकाे सहयाेगमा अस्पताल लाई अझै धेरै कुरामा मजवुत र सुविधासम्पन्न बनाउन सके नुवाकाेट लगाएत रसुवा तथा धादिङ्का जनताहरु स्वास्थ्य सुविधाका लागि काठमाडौ पुग्ने झन्झट वाट मुक्ति हुने बताउ भयाे।
यस्तै, आजै माननीय पाण्डेले विदुर १० गेर्खु खाेलाले पुर्याएकाे क्षति काे निरिक्षण गर्नुभएकाे छ। विदुर न पा का मेयर सन्जु पण्डित, प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकाल, प्रहरी प्रमुख अविनारायण काफ्ले,वडा अध्ययक्ष लगाएतकाे सयुक्तकाे टिम अनुगमनमा पुग्नुभएकाे हाे। सांसद पाण्डेले प्रभावित जनताहरु लाई प्रदेश सरकारले सवै सहयाेग गर्न तयार रहेकाे र तत्काल नदि नियन्त्रणका लागि ३० लाख छुटाएकाे पनि वताउनु भयाे। विदुर न पा मेयर सन्जु पण्डितले नपाकाे तर्फवाट तत्कालै उपकरण सहितकाे उद्दार टाेलि पठाएको र अरु सवै सहयाेगकाे लागि तयार रहेकाे जनाउनु भयाे।


शनिबार, श्रावण ३१ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार