वडा वासिहरुकाे स्वास्थ्य सुरक्षामा गम्भीर छाै- वडा अध्यक्ष सडाैला


विदुर-नुवाकाेटकाे विदुर नगरपालिका-६ का वडा अध्यक्ष सडाैलाले काेराेना संक्रमण समुदाय स्तरमा फैलिरहेकाे हुँदा सबै स्थानियहरुलाई सुरक्षीत तथा सजक रहन अनुराेध गरेका छन्।
विदुर नगरपालिका -६ का वडा अध्यक्ष राजु सडाैलाले सिङ्गो मानब जगतनै कोभिड -१९ को विरुद्ध लडिरहेकाे समयमा यस बिसम परिस्थितिमा कामको सिलशिलामा-नाै दिन अगाडि बारा जिल्लाबाट आएका-६ जना मानिस यस वडा स्थित चन्डिपोखरीमा होम क्वारेन्टाइनमा बसिरहेको अबस्थामा उक्त-६ जना मध्ये दुईजनाको स्वाव नमुना परीक्षण गर्दा एकजना व्यक्तिमा शुक्रवार काेराेना संक्रमण पुस्टी भएको जानकारी दिनुभएकाे हाे।
उहाँले काेराेना संक्रमण समुदायमा फैलिरहेकाे हुँदा आफनाे वडा बासिहरुलाई सुरक्षीत र सजकता अपनाउन अनुराेध व्यक्त गरेका छन् । वडा अध्यक्ष सडाैलाका अनुसार आफनाे वडाका एकजना व्यक्तिमा काेराेना पुष्टि भएसंगै उक्त ठाँउ सिलगरी बाकी सबै व्यक्तिहरु र उनीहरूको नजिक सम्पर्कमा रहेका १५ जनाको स्वाव संकलन गरी परीक्षणको लागि प्रयोगशाला पठाइएको उहाँले जानकारी दिनुभएकाे हाे।
वडा अध्यक्ष सडाैला भन्नु हुन्छ “शुक्रवार विदुर नगरपलिकाले कोभिड – १९ नियन्त्रण समितीको बैठकबसि विदुरका सबै वडाकाे केहि ठाँउहरु शिलगर्ने निर्णय गर्नुका साथै साेहि निर्णयहरुलाई जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको छ” l उहाँले बताउनु भयाे “साेहि निर्णयका कुराहरुलाई ध्यानदिइ सम्पुर्ण स्थानियबासिहरु आफनै घरमै बसी सतर्कता अपनाई काेराेना नियन्त्रण र राेकथामकाे लागि सबैले मिलेर सहयाेग गरिदिनुहुन अनुराेध गर्दछु”।


शनिबार, श्रावण ३१ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार