बागमति प्रदेश ट्राफिक कार्यलयवाट नुवाकाेटका ट्राफिक प्रमुख”भट्टराई”पुरस्कृत


नुवाकाेट- नुवाकाेट जिल्लाको ट्राफिक व्यवस्थापनमा नियन्त्रण एवं व्यवस्थापन कार्यमा उत्कृष्ट काम गरेकाले बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले नुवाकाेटका ट्राफिक प्रहरी प्रमुख भट्टराईलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकाेटका प्रमुख तथा प्रहरी नायव निरीक्षक विकल भट्टराईलाई सम्मान तथा पुरस्कृत गरिएको हो । गतवर्षमा ट्राफिक नियम उल्लघंन गर्ने सडक प्रयाेगकर्ताहरुकाे आम प्रवृत्तिलाई कडाईका साथ कानुनकाे दायरामा ल्याई सडक अनुशासन कायम गर्ने तथा सर्वसाधारणहरुलाई विविध ट्राफिक सचेतनामुलक कार्यक्रम मार्फत ट्राफिक नियम पालना गर्न प्राेत्साहित गर्दै सवारी दुर्घटना न्यूनीकरणमा समेत महत्वपुर्ण भुमिका निर्वाह गरेका भट्टराईलाई बागमति प्रदेश ट्राफिक प्रहरी कार्यलय रामनगरले पुरस्कृत गरेकाे हाे। काेभिड-१९ कोरोना भाईरसकाे समयमा पनि आफनाे जिम्मेवारीलाई लगनशिलता पुर्वक उत्कृष्ट काम गरेको भन्दै बागमती प्रदेशका ट्राफिक प्रमुख एवम् प्रहरी उपरीक्षक प्रकाश रानाभाट मार्फत जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकाेटका ट्राफिक प्रमुख भट्टराईराई सम्मान तथा पुरस्कार प्रदान गरेकाे हाे।
नुवाकाेट जिल्लामा रहेर ट्राफिक व्यवस्थापनमा प्रदेशमै उदाहरणीय काम गरेकोले सम्मान र पुरस्कार मार्फत प्रहरी कर्मचारीले जनता प्रति अझै धेरै जिम्मेवारि बनाउनुका साथै हौसला बढाउन पनि प्रदेश ट्राफिकले सम्मान तथा पुरस्कार प्रदान गरेको प्रहरी उपरीक्षक रानाभाटले बताउनु भएकाे हाे।
काेराेनाकाे कारण नुवाकाेटमा लकडाउन भिर जिल्लाकाे ट्राफिकले बिभिन्न स्थान र चेकपाेष्टहरुमा चेकजाँचमा कडा गर्दै नियम नमान्नेलाई कारवाहिकाे दायरामा समेत ल्याईएकाे नुवाकाेटका ट्राफिक प्रमुख विकल भट्टराईले जानकारी दिनुभएकाे छ।
भट्टराई भन्नू हुन्छ “ईमान्दार पुर्वक आफनाे जिम्मेवारीलाई मैले सधै पूरा गरेकाे छु। जिल्लामा सर्वसाधारणहरु लाई ट्राफिक नियमकाे पालना गराउन र सिकाउनका निमित्त विभिन्न कार्यक्रम, सचेतनामुलक सन्देश लागाएतका कामहरु गरेकाे भएर पनि आज यस सम्मान तथा पुरस्कृत भएकाे छु। कामकाे उचित मुल्याङ्कन गरि पुरस्कार प्राप्त गरिरहँदा आफनाे संगठन प्रति अझै धेरै राम्राे काम गर्ने हाैसला र उर्जा छाएकाे छ”।


बिहीबार, श्रावण २९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार