चक्र देव पाेलिक्लिनिकले ज्वराे क्लिनिक संचालनमा ल्याएकाे छ


नुवाकाेट- काेभिड-१९ काेराेना भाइरस विश्वव्यापी संक्रमणको रुपमा फैलिरहेकाे अबस्थामा विदुरमा रहेकाे चक्रदेव पोलिक्लिनिकले बुधवार देखि (ज्वराे क्लिनिक) संचालनमा ल्याएकाे छ।
जिल्लाका आमनागरिक हरुलाई संक्रमण बाट बच्न र बचाउनकाे लागि सबैमा अपिल गर्दै ज्वराेकाे बिरामीहरुलाई छुट्टै स्थानमा राख्ने र ज्वराे नापजाँच गरि उपचार गराउने उदेश्यले पनि यस ज्वराे क्लिनिक संचालनमा ल्याईएकाे चक्रदेव पाेलिक्लिनिकका प्रबन्ध निर्देशक सुशील पण्डितले जानकारी दिनुभएकाे हाे। पण्डितका अनुसार यस चक्र देव पोलिक्लिनिक प्रा. लि ले ज्वराेकाे बिरामीहरुलाई मध्यनजर गर्दै स्वास्थ्य चेक जांचकाे लागि (ज्वराे क्लिनिक) संचालन गर्नुकाे मुख्य उदेश्य भनेकाे सम्पूर्ण जिल्लावासिहरुलाई सामान्यतया ज्वराे आउदा पनि अस्पताल जान काेराेनाकाे कारण डर,त्रास भएकाले पनि छुट्टै ज्वराे जाँचने स्थान र डाक्टर समेत छुट्टाईएकाे उहाँले जानकारी दिनु भएकाे छ।
प्रबन्धक निर्देश पण्डित भन्नू हुन्छ ” ज्वाराे क्लिनिक खुल्ने समय : हरेक दिन विहान ९:०० बजे देखि २:००बजे सम्म हाे। साथै आकस्मिक सेवाका लागि यस चक्रदेव पाेलिक्लिनिक चाैविसै घन्टा खुल्ला गरिएको छ”।

ज्वराे क्लिनिकमा विशेष उपचारमा खटिएका डाक्टर बिकास पण्डितले अस्पताल आफैमा संक्रमण फैलिने स्थान हुनसक्ने क्षेत्र भएकाे कारणले पनि सामान्य समस्या पर्दा घरमै घरेलु उपचार गरेर सहयाेग गरिदिनुहुन समेत स्थानिय सम्पूर्णहरुमा अनुराेध समेत व्यक्त गरेका छन्। उहाँले जराेका बिमारीहरुलाई चेकजाँच गर्न र ज्वराे क्लिनिका लागि छुट्टै व्यवस्थापन गरि उपचारमा सहजता ल्याउनका लागि पनि यसकार्यमा आफै खटिएकाे उहाँले जानकारी दिनुभएकाे छ।


बिहीबार, श्रावण २९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार