नुवाकोटमा हालसम्म १५०३ जनाको पिसिआर परीक्षणको लागि स्वाव संकलन गरिएकोमा ६४ जनामा कोरोना पोजेटिभ



नुवाकोट– नुवाकोटमा हालसम्म १५ सय तीनजनाको कोरोना संक्रमणको पिसिआर परीक्षणको लागि स्वाव संकलन गरिएकोमा ६४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
कोभिड–१९ को संक्रमणको पिसिआर परीक्षणको लागि स्वाव संकलन गरिएका मानिसहरु–१५ सय तीनजना मध्य–६४ जनामा कोरोना पोजेटिभ देखिएको र १२ सय ४४ जनामा नेगेटिभ देखिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकालले जानकारी दिनुभएको हो । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार पिसिआर परीक्षणको लागि स्वाव संकलन गएिका मध्य १ सय ९६ जनाको परीक्षण नतिजा प्राप्त हुन बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ । प्रजिअ ढकाल भन्नु हुन्छ “हाल आइसोलेशनमा २४ जना व्याक्तिहरु रहेका छन् जसमध्ये त्रिशुली अस्पतालमा–१५ जना, खरानीटार अस्पतालमा–३ र काठमाण्डौका बिभिन्न अस्पतालमा–६ जना रहेका छन्” ।
उहाँले बताउनु भयो “कोरोना पोजेटिभ देखिएका बिभिन्न अस्पतालमा आइसोलेशनमा उपचार गराईरहेको मध्ये–४० जना उपचार प्रश्चात् स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् । हामिले जिल्लामा अहिले सम्म कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका प्रयासहरु धेरै भईरहेका छन् । जस्मध्ये जिल्ला संकट व्यवस्थापन केन्द्र नुवाकोटले जिल्लामा कोरोना संक्रमणको पछिल्लो समग्र अवस्था विश्लेशण गरी जिल्लाभित्र संक्रमण फैलिन नदिन रोकथाम र नियन्त्रणका बिभिन्न रणनीति अवलम्वन गरेका छौ” । प्रजिअ ढकालले कोरोना रोकथाम र नियन्त्रण लागि संक्रामण देखिइसकेका र संक्रमणको उच्च संभावना भएका क्षेत्रहरुमा सीमा नाकावाट जिल्ला प्रवेश गर्न कडाई गरिएको छ भने संक्रमण देखिएको स्थानमा व्याक्तिसगं सम्र्पकमा आएका व्यक्तिहरुको खोजी गरी स्वाव संकलन गर्ने कार्यलाई तीव्रता दिइएको उहाँले बताउनु भयो ।
जिल्लाका सीमा नाकाहरुमा प्रभावकारी चेकजाँच र जारी निषेधाज्ञाको आदेशको प्रभावकारी कार्यान्वयन गर्नुकासाथै वडा र टोलमा फिल्ड समुदायस्तरको कोरोना रोकथाम समुह गठन र सघनरुपमा परिचालन गरी जनचेतना अभिवृद्धी र निगरानी गर्ने निर्णयहरु रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।


बुधबार, श्रावण २८ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार