नुवाकाेटमा काेराेना संक्रमित ५७ पुग्याे


नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

आज आइतबार विदुर नगरपालिकाको क्वारेनटाइनमा रहेका ३ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ५७ पुगेको हो ।
विदुर नगरपालिकाको क्वारेनटाइनमा बसिरहेका ४६, १८ र २२ वर्षिय पुरुषको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित मध्ये १३ जना त्रिशूली अस्पताल, एक जना खरानीटार अस्पताल र ६ जना काठमाडौंमा आइसोलेसनमा रहेका छन् । ३७ जना भने निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटले जिल्लामा कोरोना संक्रमण समुदायमा फैलिईसकेकोले सजग, सचेत र .सुरक्षित रहन आग्रह गरेको छ ।


आईतवार, श्रावण २५ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार