देविघाटमा गाईजात्रा निकालियाे


नुवाकाेट- नुवाकाेटकाे देविघाटमा एक वर्षभित्र दिवङ्गत भएका परिवार र आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराईएकाे छ।
देविघाटकाे जाल्पा मन्दिर र चाैसठ्ठीधामकाे वरिपरि सिङ्गारीएका गाईहरुलाई दूध, फलफूल, रोटी, चिउरा, दही लगाएतका खानेकुराहरु दान गरिने चलन रहेकाे देविघाटका स्थानिय तथा जाल्पा क्लवका अध्यक्ष दिपेश चित्रकारले जानकारी दिनुभएकाे छ। अध्यक्ष चित्रकारका अनुसार गत वर्षकाे तुलनामा यश बर्ष काेराेनाकाे कारण मानिसहरुकाे चहलपहलमा कमि हुदाँ जात्रामा राेनक नअाएकाे उहाँले बताउनु भयाे। उहाँले बिश्वभरि फैलिएकाे काेराेनाकाे कारण धेरै भिडभाड नगर्ने नियम सरकारकाे भएता पनि परापुर्वकाल देखिनै मान्दै अाएकाे साउने जात्राकाे चलन लाेप हुन नदिन पनि सस्कृति जाेगाउनलाई पनि जात्रा निकालिएकाे बताउनु भयाे।


मंगलवार, श्रावण २० २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार