आपतकालिन प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यलय नुवाकाेटले पूर्वतयारीको प्रयास जारी गरेकाे छ ।


नुवाकाेट- आपतकालिन व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यलय नुवाकाेटले सञ्‍चार सञ्‍जालहरु प्रमुख स्तम्भहरू भएकाे बताइएकाे छ । सञ्चारकाे सहयाेगले प्राकृतिक विपदहरुको अवस्थामा खोज, उद्धार र राहत वितरणका कार्यहरुमा एकीकृत र समन्वयात्मक प्रयास संभव तुल्याई तत्काल यसबाट हुनसक्ने जनधनको क्षति न्यूनिकरणका लागिमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकालले जानकारी दिनुभएकाे हाे । प्रजिअ ढकालका अनुसार नेपाल भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता वहुप्रकोपको जोखिममा रहेका कारण यस प्रकारका विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनिकरण गर्न नेपाल सरकारले आपतकालिन कार्यसञ्‍चालन केन्द्रहरुको स्थापना र सञ्‍चालन गरेको बताउनु भयाे ।
नुवाकोट जिल्ला पनि भूकम्प, बाढी, पहिरो लगायतका विपदको जोखिममा रहेको कुरालाई मध्यनजर गरी नेपाल सरकारले २०७४ सालमा जिल्ला आपतकालिन कार्यसञ्‍चालन केन्द्र स्थापना र सञ्‍चालन गरेको उहाँकाे भनाई रहेकाे छ । “यस केन्द्रले अन्य कुराका अतिरिक्त विपदको अवस्थामा प्रतिकार्यका लागि खोज,उद्धार र राहत वितरणमा संलग्न हुने निकायहरुवीच तत्काल समन्वय स्थापित गर्दछ” । उहाँ भन्नू हुन्छ “विपदको समयमा सञ्‍चारका पूर्वाधार संरचनामा समेत क्षति पुगेको अवस्थामा टेलिफोन, मोवाइल सेवा अवरुद्ध हुँदा समेत खोज,उद्धार र राहतका लागि संघीय, प्रदेश र स्थानीय तहसंग समन्वय स्थापित गर्न आपतकालीन सञ्चार सेटको महत्वपूर्ण हुन्छ ।जसलाई चौविसै घण्टा अवस्थमा चालू अवस्थामा राख्नु पर्ने हुन्छ । जिल्लामा स्थापना भएको आपतकालिन कार्यसञ्चालन केन्द्रमा रहेको सञ्‍चार नेटवर्क पुरानो पावर व्याकअप र सञ्‍चार सेट मर्मत सम्भारमा पर्याप्त ध्यान दिन नसकिंदा सुचारु हुन सकेको थिएन । यसैले जिल्ला प्रशासन कार्यालय नुवाकोटद्धारा तयार गरिएको जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजनामा श्रावण महिनाभित्र जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (District Emergency Operation Center- DEOC) मा रहेको सञ्चार सेट मर्मतसंभार गरी सञ्चारसम्पर्क चुस्त बनाउने उल्लेख भएको थियो” ।
“विगत २०/२५ दिनको निरन्तरको प्रयास र यस कार्यमा सम्बद्ध सबैको सकारात्मक सहयोगले उक्त केन्द्रको सञ्‍चार नेटवर्क कार्ययोजनामा तोकिएको समयसीमा अर्थात् श्रावणमसान्त अगावै पुनः सुचारु गराउन सकिएको छ” । प्रजिअ ढकालले यस कार्यमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै जिल्ला आपतकालिन कार्यसञ्‍चालन केन्द्रमा अस्थायी आपतकालिन गोदामघर स्थापना पछि आजदेखि आपतकालिन सञ्‍चार पुनःसुचारु रहेकाे जानकारी दिनुभएकाे हाे ।


सोमबार, श्रावण १९ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार