शारिरीक असक्ततालाई घरमै नागरिकता


विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले शारिरीक मानसिक तथा अशक्तता भएका व्यक्तिहरुलाई घरमै गएर आजदेखि नागरिकता वितरणको सुरुवात गरेको छ ।

शारिरीक मानसिक तथा अशक्तताका कारण स्वयं कार्यालयमा आएर सेवा लिन नसक्ने नागरिकहरुका लागी घरमै पुगी सेवा प्रदान गर्ने निर्णयको सुरुवात आजैवाट भएको सो कार्यालयका प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकालले जानकारी दिनुभएको हो । प्रजिअ ढकालका अनुसार विदुर नगरपालिका–२ स्थित पाटीपानीका ८० बािर्षय विष्णुमाया कसाईलाई उहाँकै आफनै घरमा पुगेर प्रशासनको कर्मचारीले नागरिकता प्रमाणपत्र प्रदान गरिएको उहाँले जानकारी दिनुभएको छ । प्रजिअ ढकाल भन्नु हुन्छ ‘शारिरीक अशक्तत अपाङ्गता र उमेर समेतका कारणले जेष्ठ नागरिक ८० बर्षिय विष्णुमाया कसाईलाई सो कार्यालयमा आएर सेवा लिन आउन नसक्ने जानकारी आएप्रश्चात नै हामीले उहाँको नागरिकता प्राप्तिका लागी आवश्यक पर्ने वडाको कागजपत्रहरु उपलब्ध गराई हाम्रो कार्यालयवाट हुने सबै प्रक्रिया पूरागरी यस कार्यालयका प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ र कर्मचारीको टोली सहित सोहि स्थानमा गएर उहाँलाई नागरिकता प्रदान गरिएको हो’।

प्रजिअ ढकालले आफनो कार्यालयवाट सेवागार्हीहरुलाई सहज, सरल र अनुसाशीत रुपले सेवा प्रदान गर्नुपर्ने बताउनु भयो । उहाँ भन्नु हुन्छ ‘हामी राष्ट्रसेवक कर्मचारीले जनताको सेवामा दिनरात खटिनु हाम्रो कर्तव्य हो । हाम्रो कार्यालयवाट के गर्दा नागरिकहरु सजिलै सेवा पाउछन् त्यसैगरी सेवा सुविधालाई मध्यनजर गर्दै सेवा दिनु पर्छ’ ।

जिल्ला प्रशासन कार्यालयले आजवाट शारिरीक अशक्तता भएका नागरिकहरुलाई नागरिकता दिन सहज बनाउने र खवर आएको स्थानमा कार्यालयले स्यमं व्यक्तिको घरमैगई नागरिकता प्रदान गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिनुभएको हो ।


शुक्रबार, श्रावण १६ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार