२ करोड ३३ लाख १५ हजार राजश्व संकलन


विदुर, नुवाकोट / जिल्ला प्रशासन कार्यालय नुवाकोटले आव २०७६/०७७ को प्रारम्भिक तथ्यांक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले चालुआर्थिक वर्षमा रु.२ करोड ३३ लाख १५ हजार राजश्व संकलन गरेको छ ।

data_076_77.jpg

चालुआवमा कार्यालयले पाँच हजार ३ सय ७३ वटा नयाँ नागरिकता वितरण गरेको छ भने ईलाका प्रशासन कार्यालय सातबिसेबाट सात सय २८ वटा नागरिकता वितरण गरेको विवरणमा उल्लेख छ। कार्यालयबाट चार हजार १ सय ८६ नागरिकताको प्रतिलिपी वितरण गरेको छ।

प्रशासकीय अधिकृत धर्मराज भट्टका अनुसार कार्यालयबाट चार हजार ४ सय ३१ जनाले राहदानी बनाएको छ। सेवाग्राहीहरुले चार हजार ५ सय ५४ जनाले राहदानी फाराम भरेकोका थिए।

कार्यालयले संस्था दर्ता तथा नवीकरण, हातहतियार नामसारी तथा नवीकरण, प्रशासनिक दण्ड जरिवाना, परीक्षा दस्तुर, बेरुजु असूली, न्यायिक दण्ड जरिवाना लगायत शिर्षकबाट राजश्व उठाईएको भट्टले जानकारी दिए।


बिहीबार, श्रावण १ २०७७ मा प्रकाशित

यस समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस


धेरै पढिएको

समाचार